असार २४, २०८२ मंगलबार July 8, 2025

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा तालिबानलाई महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले भनेका छन् “तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा-अफगान नागरिकहरू-महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित – उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्।” त्यो पूरा हुनुपर्छ ।

“म तालिबानलाई दृढतापूर्वक अपील गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्,”  गुटेरेसले जोड दिएका छन् । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया