असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेसको १४ ‍‍औं महाधिवेशनको मिति तयः पौडेल र सिटौला पक्षद्वारा बैठक बहिष्कार (निर्णय सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आगामी नयाँ नेतृत्वको लागी १४औं महाधिवेशन २०७७ फाल्गुन ७-१० गते गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको केन्द्रीय कार्य समितिको बैठकबाट केन्द्रीय कार्य समितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यसैगरी बैठकले वर्तमान केन्द्रीय कार्य समितिको म्याद आगामी ०७७ फागुन १९ गतेसम्म थप गरेको छ। आगामी महाधिवेशन मिति तय भएसँगै केन्द्रीय समितिको कार्यकाल थप भएको हो ।

बैठकले तरुण दलको म्याद ६ महिना थप गरेको छ भने कांग्रेस केन्द्रीय विभागको संख्या २८ बाट ४१ पुर्याउने निर्णय गरेको छ ।

२६ मंसीरबाट जारी केन्द्रीय समिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले भने आगामी ०७७ मंसिरभित्रै महाधिवेशन गर्ने गरी निर्वाचनको स्पष्ट कार्यतालिका ल्याउनुपर्ने, नेविसंघ, तरुण दल, पार्टीका विभाग लगायतका विषयमा प्याकेजमै टुंगो लगाउनु पर्ने भन्दै बैठक बहिष्कार गर्दै आएका छन् ।

सहमतिका लागि सभापति शेरबहादुर देउवाले वार्ता समिति बनाए पनि नेता पौडेल र सिटौलालाई मनाउने पटक-पटको प्रयास बिफल भएको थियो ।

१३औं महाधिवेशनबाट निर्वाचित कांग्रेस नेतृत्व कार्यकाल आगामी फागुनमा सकिदैछ । तर, पार्टी संघीय संरचनाअनुसार, जानुपर्ने भएकाले निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने संस्थापन पक्षले तर्क गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार