असार २४, २०८२ मंगलबार July 8, 2025

उत्तर कोरियाली नेता किमद्वारा अजेय सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक “अजेय” सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।  उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।

वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरु कतैतिर लक्ष्यित छैन । उनले स्पष्ट भनेका छन् अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन ।

किमले सोमबार “रक्षा विकास प्रदर्शनी ‘आत्मरक्षा २०२१’लाई  सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

सो प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए। सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले “अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरिया विरुद्ध लक्ष्यित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् ।  उनले अमेरिकाले गलत निर्णय र कार्यद्यारा यस क्षेत्रमा तनाबको स्थिति सृजना गरिरहेको आरोप लगाएका छन् । रासस-एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार