काठमाण्डौंः प्रदेश नम्बर १ मा गत २४ घण्टामा १ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार संक्रमणमुक्त हुनेमा ५७ महिला र ६२ पुरुष छन्। संक्रमणमुक्त हुनेमा मोरङबाट ७७, झापाबाट ३०, धनकुटाबाट ५, इलाम र खोटाङबाट समान २, पाँचथरबाट १, र ठेगाना नखुलेको २ जना छन् । मन्त्रालयले हालसम्म कोरोना संक्रमणबाट ४४ हजार ४ सय ९४ महिला र ५८ हजार १ सय ९६ गरी कुल १ लाख २ हजार ६ सय ९० जना निको भइसकेका छन्।
त्यसैगरी, बुधबार प्रदेशमा २८ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको १ सय १९ जनाको पीसीआर परीक्षणमा २२ र ६८ जनाको एन्टिजेन परीक्षणमा ६ जनाको रिपोर्ट पोजिटिभ आएको जनाएको छ।
पीसीआर परीक्षणका क्रममा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १, मोरङको विराटनगर र सुन्दरहरैचामा समान २ जनामा संक्रमण देखिएको हो। प्रदेशमा हालसम्म ४५ हजार ५ सय ६८ महिला र ६० हजार १९ जना पुरुष गरी कुल १ लाख ५ हजार ५ सय ८७ जनामा संक्रमण भइसकेको छ।
त्यसैगरी, प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ। मन्त्रालयले हालसम्म प्रदेशमा संक्रमणबाट ७ सय ५ महिला र १ हजार ३ सय ७६ गरी कुल २ हजार ८१ जनाको मृत्यु भइसकेको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया