काठमाण्डौं: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उहाँले संवैधानिक हकअधिकार उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख गुरुङले संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष घोषणा भएको उल्लेख गर्दै धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त आचार्यले उहाँलाई स्वागत गर्दै मन्दिरको गतिविधिबारे अवगत गराउनु भएको थियो ।
मन्दिर परिसरमा स्थानीय समाजसेवीलगायत भक्तजनको सहभागिता रहेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया