श्रावण ८, २०८२ बिहिबार July 24, 2025

नेपालमा संक्रमितकाे सङ्ख्या १४७, ८४५ जना संक्रमणमुक्त – एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट १३६ र एण्टीजेन विधिबाट ११ जना गरी कुल १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ४ हजार ६५२ जना र  एण्टीजेन विधिबाट गर्दा ९३  हजार ३५६ जना गरी कुल ८ लाख ९८ हजार ८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ८४५जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ७ लाख ८० हजार ७७६ जना संक्रमितहरु निको भएका छन्। नेपालमा काेराेना संक्रमण निकाे हुने दर ९७.०३ प्रतिशत रहेकाे छ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट एक हजार ४४६ र एन्टीजेन विधिबाट ३२७ जना गरी कुल एक हजार ७७३ जनाको काेराेना परीक्षण गरिएको छ।

योसँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या पिसिआर विधिबाट ४३ लाख १३ हजार ८५८ तथा एन्टीजेन विधिबाट ६ लाख ३० हजार १४९ जना पुगेको छ ।

गत २४ घण्टामा एक जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। याे संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेकाे मृतककाे संख्या समेत थप गरिएकाे मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ११ हजार २७८ जना पुगेकाे छ । नेपालमा संक्रमितकाे मृत्यु १.४ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कुनै पनि व्यक्तिले कोरोनाविरुद्वकप खोप लगाएका छैनन्। हालसम्म ८३ लाख ८८ हजार ४०२ जनाले काेभिडविरूद्धकाे खाेप पहिलाे मात्रा लगाएका छन् भने ६४ लाख ६९ हजार १५९ जनाले दाेस्राे मात्रा लगाएका छन् ।

हाल ३०७ सघन उपचार कक्ष (आइसियु), ९७ जना भेन्टिलेटर, ११ हजार ५४४ होम आइसोलेसन, एक हजार ५४ जना संस्थागत आइसोलेसन र २३१ जना क्वारेन्टिनमा रहेका छन् ।  नेपालमा सक्रिय संक्रमित १२ हजार ५९८ रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार