असार २४, २०८२ मंगलबार July 8, 2025

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्धारा निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्र्नु एक प्रकारको जघन्य अपराध भएको सो विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको उक्त मस्जिदमा प्रार्थनाका बेलामा भएको सो विस्फोटमा परी ३२ जनाको ज्यान गएको बताइएको छ ।

शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको र ती विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको तथा भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका अफगानिस्तानको सुरक्षा निकायले जनएको छ । साथै सो हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि निन्दा गरेको छ ।

सुरक्षा परिषदको शुक्रबारको बैठकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

शुक्रबार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको र अरु जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेकाले गर्दा धेरै नागरिको ज्यान गएको बताइएको थियो । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार