असार २३, २०८२ सोमबार July 7, 2025

बच्चाहरुलाई दिनभर घरमा एक्लै छाड्नु हुन्छ ? अपनाउनुस यी कुराहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानिसहरु आफ्नो जीविका गुर्जानको लागि विभिन्न प्रकारका काम गर्ने गर्दछन् । व्यस्त जीवनशैलीका कारण मानिसहरु आफ्नो साना बच्चाहरुलाई घरमा एक्लै छाडेर काममा जान वाध्य रहेका छन् ।

पछिल्लो समय उपभोग्य बस्तु महंगो छ । अतिरिक्त खर्च पनि बढ्दो छ । इन्टरनेट, सवारी साधन, विद्युतिय सामग्री आदिको कारण घरायसी व्यायभार बढ्दो छ । यस्तो अवस्थामा एक जनाको कमाईले मात्र घरखर्च टार्न मुश्किल छ। यस्तो अवस्थामा एक जनाको कमाई मात्र पर्याप्त छैन । पति, पत्नी सबै काममा खटिनुपर्छ । हुर्किसकेका छोराछोरीलाई घरमा छोड्न त समस्या भएन । तर, छोराछोरी सानै छन् भने बाबुआमाले धेरै कुरामा विचार पुर्‍याउनुपर्छ ।

मोबाइल आवश्यक

बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । यस्तो अवस्थामा बच्चालाई कुनै समस्या पर्‍यो वा तपाईंले बच्चासँग कुरा गर्नुपर्‍यो भने तत्कालै फोन गर्न सकिन्छ ।

कोठामा बन्द नगरौं

धेरैजसो आमाबुबा  बच्चालाई सुरक्षित राख्ने बहानामा कोठाको ढोका बन्द गरिदिएर काममा हिँड्छन् । आफूहरु नभएको बेलामा बच्चा बाहिर ननिस्किउन् भन्ने उनीहरुको आशय हुन्छ । बच्चालाई कहिले पनि कोठाभित्र बन्द गरेर हिँड्नु हुँदैन । मानौं भुकम्प आयो वा आगलागी भयो भने त्यतिबेला उनीहरु भित्रै थुनिन्छन् । तसर्थ  यसो गर्नु घातक हुन सक्छ ।

चुकुल खोल्न सिकाउनुपर्छ

बच्चाले ढोकाको चुक्कुल खोल्न वा बन्द गर्न जानेको हुनुपर्छ । ताकि उनीहरु आवश्यक पर्दा घरबाट बाहिर निस्किन र घरभित्र पस्न सकुन् ।

खाने पिउने सामानको व्यवस्था

घरबाट निस्कदा बाबुआमाले टेबलमा केही खाने पिउने कुराहरु राखिदिनुपर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया