काठमाण्डौंः बडादसैँको अवसरमा दूधपोखरी गाउँपालिका–२ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५०० जनाको स्वास्थ्य परीक्षण भएको छ । नेपाल चिकित्सक सङ्घका सहकोषाध्यक्ष डा विश्वराज दवाडी र डा खिलास दवाडीले बिरामीको परीक्षण गरेका थिए ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताए ।
गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने बताए ।
निजी स्रोतबाट बिरामीलाई झण्डै रु १५ लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको समाजसेवी कालिकाप्रसाद दवाडीले जानकारी दिए। वडाध्यक्ष गोविन्द दवाडीले आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने बताए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया