श्रावण ८, २०८२ बिहिबार July 24, 2025

नेपालमा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपालमा थप ३९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८०७७ नमूना परीक्षणमा ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ६ हजार ९६६ नमूनाको पीसीआर र ११ सय ११ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। तीमध्ये पीसीआरबाट ३८५ जनामा र एन्टिजेनबाट ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ। मन्त्रालयअनुसार आइतबार ६८० जना कोरोनामुक्त भएका छन्। यो सहित निको हुनेको संख्या ७ लाख ८१ हजार ४५६ पुगेको छ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ। जसमध्ये २९९ जनाको आइसीयूमा र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार