श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रदेश अस्पताल सुर्खेतले बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवा सुरु गरेको छ । बिरामीलाई सहज र सरल सेवा पु¥याउने उद्देश्यले अस्पतालले आजदेखि विशेषज्ञ चिकित्सकबाट बिहानी सेवा दिन थालेको हो ।

अस्पतालले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले शनिबारबाहेक हरेक दिन बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा सञ्चालन हुने बताए । उनका अनुसार यो समयमा बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, छाला, यौन र मानसिक रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

क्याबिनमा बसेर तत्काल सर्जरी सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरेर सेवा लिन सकिने अस्पतालले जनाएको छ । अस्पतालले विशेषज्ञ सेवाका लागि रु ४०० शुल्क तोकेको छ । प्रदेश अस्पतालको यो निर्णयले सरकारी चिकित्सकलाई निजी अस्पताल तथा क्लिनिकमा बढी समय बिताउने समस्या रोकिने भएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार