असार २४, २०८२ मंगलबार July 8, 2025

द्वन्द्वका कारण यमनमा मृत्यु भएका र घाइते भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म कम्तीमा १० हजार बालकालिकाको मृत्यु भएको र घाइते भएको पाइएको छ ।

गत सातवर्षदेखि जारी द्वन्द्वका क्रममा बालबालिका नै धेरै पीडित भएको विवरण संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले सार्वजनिक गरेको हो । यमनमा खटिएको राष्ट्रसङ्घीय मिसनले जेनेभा फर्किएर सार्वजनिक गरेको विवरणमा बालबालिकाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

“सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा घाइते भएका र मृत्यु भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढीरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रसङ्घीय निकायका एक जना प्रवक्ताले प्रतिवेदनको सारंश प्रस्तुत गर्दै अवस्था चिन्ताजनक हुँदै गएकाले द्वन्द्व अन्त्य गर्न पनि सरोकारवालाहरुलाई आह्वान गरेका छन् । द्वन्द्वबाट पीडित भएकाहरुका लागि सयौँ लाख रुपैयाँ सहयोगको खाँचो रहेकोमा पनि राष्ट्रसङ्घीय अधिकारीहरुले जोड दिएका छन् ।

“प्रत्येक पाँचमध्ये चार बालबालिकालाई मानवीय सहायताको आवश्यकता देखिएको छ, त्यस्ता बालबालिका एक करोड १० लाखभन्दा बढीरहेका छन्,” प्रतिवेदनमा लेखिएको छ । द्वन्द्वकै कारण चार लाखभन्दा बढी बालबालिकालाई कुपोषणको समस्या देखिएको छ भने २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार