श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत नहुँदा सरकारी कार्यक्रम प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत नहुँदा ५ लाख घरपरिवारलाई रू. ५ अर्ब दशैंअघि नै वितरण गर्ने सरकारी कार्यक्रम प्रभावित भएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू. ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो ।

यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले अर्थमन्त्रीको प्रस्तावलाई पास गर्न सकेन ।

करीब ५ लाख गरीब घरपरिवारलाई १० हजारका दरले रकम वितरण गर्ने योजनाका साथ अर्थ मन्त्रालयले कार्यविधि तयार गरी प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पु¥याए पनि दशैं सकिएको १ हप्तासम्म सरकारले कार्यक्रम लागू गर्न सकेको छैन ।

दशैंअघि नै कार्यक्रम लागू गरेर रकम वितरण गर्न अर्थमन्त्री शर्माले जोडबल गरे पनि कार्यविधि अस्पष्ट भएको भन्दै प्रधानमन्त्रीले त्यसबारे छलफल गर्न नचाहेको स्रोतको भनाइ छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रीतेश शाक्यले मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन नसक्दा दशैंअघि नै कार्यक्रम लागू गर्न नसकिएको बताए । उनका अनुसार कार्यविधि स्वीकृत हुनासाथ कार्यक्रम लागू हुनेछ । ‘यसबारे मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका छौं,’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रकम वितरणका लागि सरकारले राष्ट्रिय योजना आयोगको तथ्यांकलाई आधार मान्न खोजेको थियो । तर, योजना आयोगसँग कोभिडपूर्वको मात्रै तथ्यांक छ । कोभिडबाट परेको असरबारे आयोग अध्ययन गर्ने बताउँदै आए पनि अहिलेसम्म ठोस प्रतिवेदन बाहिर ल्याउन सकेको छैन ।

योजना आयोगले कोभिडअघि गरेको अध्ययनमा आधारित तथ्यांक गतवर्ष कोभिड महामारीको बीचमा सार्वजनिक गरेको थियो । उक्त अध्ययनअनुसार नेपालमा ५० लाख व्यक्ति बहुआयामिक गरीबीको रेखामुनि रहेका छन् ।आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार