असार २४, २०८२ मंगलबार July 8, 2025

चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिकी राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको  रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताइवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौँ’, राष्ट्रपति बाइडेनले भने ।

तर, ह्वाइटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाइले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन् ।  यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ ।

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीतिक अभ्यास गर्दैै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रूपमा अस्पष्ट छ ।

चीनले ताइवानलाई आफूबाट विभाजित भएको एउटा प्रान्तको रूपमा व्यवहार गर्दै आएको छ, जबकि ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्छ ।

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ ।

बाइडेनको अभिव्यक्तिप्रति ताइवानको भनाइ तटस्थ छ । उसले  चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुने जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार