श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भूमि आयोगले पाएन पूर्णता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सामधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकम्बासी आयोग) दुई महिनादेखि दुईजना मात्र पदाधिकारीको भरमा चलेको छ।

गत साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो। त्यसको १० दिनपछि सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश जारी गर्‍यो। भूमि आयोग गठन आदेश जारी भएगत्तै सरकारले भूमि आयोगमा दुईजना पदाधिकारी नियुक्त गर्‍यो। अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त गरिए।

दुवै पदाधिकारीले शपथ पनि गरे। विभागीय मन्त्रीको हैसियततले प्रधानमन्त्री शेरबहादुर देउवाले निरौलालाई शपथ गराए। शपथ ग्रहण गरेलगत्तै निरौला र खड्काले पदभार ग्रहण गरे। उनीहरूले पदभार ग्रहण गरेको दुई महिना पूरा भएको छ। तर, दुई महिनाभन्दा लामो समयदेखि दुईजनाले मात्र आयोग चलाएका छन्।

सोल्टीमोडस्थित आयोगको केन्द्रीय कार्याल यतिखेर सुनसान छ। अहिले आयोगका दुई पदाधिकारीको काम आयोगलाई पूर्णता दिन आग्रह गर्दै विभागीय मन्त्रीलाई भेट्नु मात्र भएको छ। आयोगले गर्नुपर्ने अन्य कार्यसम्पादन गर्न उनीहरू अलमलमा परेका छन्।

ज्ञवाली आयोगले भर्ना गरेका २ सय ७२ कर्मचारी पनि भदौ मसान्तदेखि आयोगमा कार्यालयमा गएका छैनन्। उनीहरूलाई भदौ मसान्तसम्म मात्र बोलाइएको थियो। ती कर्मचारीहरूलाई पुनः आयोगमै काम दिने निर्णय भएको र उक्त निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था मन्त्रालयलाई चिठी लेखिएको आयोगका अध्यक्ष निरौलाले बताए। ‘मन्त्रीज्यूलाई भेटेरै आयोगलाई पूर्णता दिन आग्रह गरेका छौं,’ निरौलाले भने, ‘तर पदाधिकारी मनोनय गर्न ढिलो हुँदा काममा अलमल परेको छ।’

सरकारले जारी गरेको राष्ट्रिय भूमि आयोगको गठन आदेशमा केन्द्रमा आयोग नौ सदस्यीय हुने भनिएको छ। तीमध्ये आठ पदाधिकारी मन्त्रालयस्तरीय निर्णयबाट मनोनीत हुने र मन्त्रालयका एक सहसचिवलाई आयोगको सदस्यसचिवमा मनोनयन गर्ने व्यवस्था गठन आदेशमा गरिएको छ। आयोगको अध्यक्षको सुविधा राज्यमन्त्रीसरहको हुनेछ भने अन्य पदाधिकारीहरूको सुविधा सहसचिव सरहको हुने गठन आदेशमा व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार