श्रावण २, २०८२ शुक्रबार July 18, 2025

घुस नदिंदा रोकियो प्रहरीका लेखापालको सरुवा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः कानुन कार्यान्वयन गर्ने अभिभारा बोकेको सुरक्षा निकाय हो, नेपाल प्रहरी । यही प्रहरी संगठनले विधि र प्रकृया कुल्चिदाँ लेखापालको सरुवा र सेवा परिवर्तन प्रभावित हुन पुगेको छ ।

प्रहरी नियमावली अनुसार, प्रत्येक दुई दुई वर्षमा लेखापालहरूको सरुवा हुनुपर्छ । सशस्त्रमा भने १/१ वर्षमा यस्ता लेखापालहरूको सरुवा र हेरफेर गर्ने प्रचलन छ । नेपाल प्रहरीले असारको सुरु वा अन्तिम सातासम्म लेखापालको सरुवा गर्नुपर्दथ्यो । लेखापालले आर्थिक वर्षको सुरुदेखि नै हिसाब किताब राख्दा सजिलो हुने भएकाले साउन १ गतेदेखि नै काम गर्नेगरी सरुवा गर्ने परिपाटी नेपाल प्रहरीमा छ ।

तर नियमावलीअनुसार सरुवा गर्नुपर्ने लेखापालहरूको सरुवा चार महिनादेखि अन्योलमा परेको छ । गृहमन्त्री बालकृष्ण खाँप प्रहरी स्रोतका अनुसार, एउटै कार्यालयमा दुई गरेको थि वर्ष काम गरेका लेखापालको संख्या करिब एक सय छ। प्रहरीको लेखापाल निकै आकर्षक मानिन्छ । यसको जिम्मेवारी लेखासम्बन्धी तालिम लिएकासईदेखि इन्स्पेक्टर तहकालाई दिने गरिन्छ । विभागीय कतै कतै असईले पनि यो भूमिका पाएका छन् । जानकारहरूका अनुसार प्रहरीका लेखापालहरूको सरुवा इतिहासमै यसरी सायदै अन्योलमा पर्ने गरेको थियो ।

किन भएन सरुवा ?

लेखापालहरूको सरुवा गर्ने क्षेत्राधिकार प्रहरी महानिरीक्षकसँग हुन्छ । यसका लागि उनले विभागीय मन्त्री र सचिव कुरिराख्न पर्दैन । महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीले

आफ्नो अधिकार प्रयोग गर्दै समयमा नै लेखापाल सरुवाको मनस्थिति बनाएका थिए। ‘महानिरीक्षक थापा क्षेत्रीले सरुवाको तयारी गरे पनि राजनीतिक दुश्प्रभावले आक्रान्त नेपाल प्रहरीमा गृह मन्त्री र गृह सचिवको हस्तक्षेपले प्रभावित भएको छ,’ नेपाल प्रहरीको उच्च स्रोतले साँघुसँग भन्यो ।

स्रोतका अनुसार, गृह मन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेदेखि गृहका अधिकारीले लेखापाल सरुवामा गहिरो चासो देखाएका छन् । ‘लेखापाल सरुवामा थैली खोजिएको छ, त्यसैले महानिरीक्षकले चाहँदा चाहँदै पनि प्रहरीका लेखापालको सरुवा चार महिनादेखि अन्योलग्रस्त बनेको छ, प्रहरी स्रोतको दावी छ ।

कार्यविधि नै परिवर्तनको तयारी

त्यसो त लेखापालको सरुवाका लागि कार्यविधि नै परिवर्तनको तयारी गरिएको छ । स्रोतका अनुसार, अहिले यसका लागि काम भइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँबर लेखापाल सरुवाको कार्यविधि परिवर्तनको तयारीले प्रभावित भएको बताउँछन् । ‘कार्यविधि परिमार्जन गर्ने कार्य करिब करिव सकिएको छ । अब यसले गति लेला, प्रवक्ता कुँवरले साँघुसँग भने । कार्यविधि कसरी परिमार्जन हुँदैछ भन्ने साँघुको प्रश्नमा भने उनले केही बताउन नमिल्ने बताए ।

सेवा परिवर्तन पनि उस्तै सकसमा अन्य सेवामा जुन समूहको हो, कर्मचारी त्यसमै कार्यरत रहन पाउँछन् । इच्छाअनुसार सेवा परिवर्तनको सुविधा पनि छ । तर नेपाल प्रहरीमा लेखा समूहमा रहने समयावधि तोकिएको छ । प्रहरी नियमावलीअनुसार, एकै व्यक्ति ६ वर्षभन्दा बढी समय लेखा समूहमा रहन मिल्दैन । एकै व्यक्ति लामो समयसम्म लेखामा रहँदा चलखेल गरेर अबाञ्छित लाभ लिन सक्ने खतरा रहेकाले यस्तो व्यवस्था गरिएको हो ।

प्रहरी विगत वर्षमा ६ वर्ष लेखापालका रूपमा कार्यरतलाई अन्य समूहमा सरुवा गर्ने गरेको थियो । यस पटक लेखापाल सरुवा प्रभावित हुँदा सेवा परिवर्तनसमेत हुन सकेको छैन । नेपाल प्रहरीमा लेखापालको ६ वर्षमा सेवा परिवर्तन हुनुपर्नेमा हस्तक्षेपका कारण प्रभावित भएको छ,’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एक अधिकृतले भने । प्रहरी स्रोतका अनुसार, लेखापालका रूपमा ६ वर्ष काम गरिसकेकाको संख्या लगभग ६० जना छ ।

लेखापालहरूको सरुवा चार महिनादेखि रोकिदा प्रहरी महानिरीक्षक थापा क्षेत्री संगठनलाई चलायमान बनाउन नसकेको भन्दै आलोचित हुँदै आइरहेका छन् । लेखापाल प्रकरणले उनलाई थप आलोचित बनाउँदै लगेको प्रहरी अधिकारी सुनाउँछन् । यसबाट प्रहरीको विधिको शासनप्रतिको प्रतिबद्धतामै प्रश्न उठेको बताउने पनि उत्तिकै छन् । साँघु साप्ताहिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार