श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्थानीय र प्रदेशमा सेवा गरेपछि मात्रै बढुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले स्थानीय र प्रदेश तहमा गई सेवा प्रवाह गरेपछि मात्र कर्मचारीको बढुवा गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा अनुभवी तथा दक्ष कर्मचारी पठाउनका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।

सङ्घीयताको आधार भूमिका रूपमा रहेको प्रदेश र स्थानीय तहको काम, सेवा प्रवाह, विकास निर्माण तथा सुशासनलाई प्रवद्र्धन गर्ने गरी स्थानीय र प्रदेश तहमा निश्चित समय सेवा गरेपछि मात्र कर्मचारीको बढुवा हुने व्यवस्थाको प्रारम्भिक छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले अहिले स्थानीय र प्रदेश तहमा अधिकांश कर्मचारी गएर सेवा गर्न अनिच्छुक भएकाले कर्मचारीको मनोबल बढाउँदै अनिवार्य रूपमा प्रदेश र स्थानीय तहमा गएर सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार कम्तीमा पाँच वर्ष शाखा अधिकृतका रूपमा सेवा प्रवाह गरिसकेको तर उपसचिव पदमा बढुवा भइनसकेको शाखा अधिकृत र उपसचिवको बीचमा छुट्टै पद निर्माण गरी ती कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको बनाएर पठाइनेछ । पाँच वर्षसम्म सहसचिव भई सेवा गरिसकेका सहसचिवलाई विशेष सहसचिवको पद निर्माण गरी तिनलाई प्रदेश सचिवको जिम्मेवारी प्रदान गर्ने गरी मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको छ ।

अहिले स्थानीय तहमा भर्खर लोक सेवा उत्तीर्ण गरेका कोरा कर्मचारी पठाउँदा सेवा प्रवाह कम गुणस्तर भएको महसुस गरी मन्त्रालयले सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउँदै प्रदेश र स्थानीय तहमा अनुभवी कर्मचारी पठाउने व्यवस्था गर्न लागिएको हो । उहाँले भन्नुभयो, “प्रदेश र स्थानीय तहमा अनुभवी कर्मचारी पठाउने गरी अध्यादेशबाट आउँदै गरेको सङ्घीय निजामती सेवा ऐनमा नै व्यवस्था गर्ने गरी प्रारम्भिक छलफल भइरहेको छ । ”

सहसचिव पोखरेलका अनुसार अहिले कतिपय सङ्घीय कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, आन्तरिक राजस्व विभागलगायतका कार्यालयमा सहसचिव नै पाँच, छ जना रहने र एउटा सहसचिवको मातहतमा अन्य सहसचिव रहने व्यवस्था छ । विशेष सहसचिवको पद निर्माण भएपछि त्यस्ता कार्यालयमा हुने सहसचिव बीचकै असमानताको समेत अन्त्य हुन्छ । प्रशासनविद् एवं कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक बालचन्द्र मिश्रले सङ्घीयतालाई सफल कार्यान्वयन गर्नका लागि कर्मचारीलाई प्रोत्सान दिएर स्थानीय र प्रदेश तहमा पठाउनु सकारात्मक भएको बताउनुभयो ।

उहाँले नयाँ गर्ने व्यवस्थामा बढुवा, विदेश भ्रमण र सरुवा हुनका लागि कर्मचारीलाई अनिवार्य रूपमा दुर्गम स्थानीय तहमा सेवा गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताको सफल कार्यान्वयन गर्न र दुर्गम क्षेत्रको विकासका लागि वरिष्ठ कर्मचारी मात्र नभई स्थानीय तहका पदाधिकारी र प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीहरूसमेत पार्टीका वरिष्ठ नेताहरूले नेतृत्व गर्नुपर्छ । ” गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार