असार २४, २०८२ मंगलबार July 8, 2025

रुसी राष्ट्रपति पुटिन र बृटिश प्रधानमन्त्री प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उहाँहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उहाँहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको थियो ।

उहाँहरुका बीचमा खासगरी जलवायु परिवर्तनका बारेमा विशेष कुराकानी भएको बताइएको छ । उहाँहरुबीचमा जलवायु परिवर्तनका विषयमा हुन लागेको सयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा कुराकानी भएको थियो ।यसै हप्ता स्कटल्याण्डमा सयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुन लागेको छ ।

उक्त सम्मेलनको सफलताका लागि रुसी राष्ट्रपति पुटिनले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त सम्मेलनका मुद्दाका विषयमा उहाँहरुबीच फोनमा कुराकानी भएको बताइएको छ । साथै अफगानिस्तानको पछिल्लो अवस्थाका साथै युक्रेनको द्धन्द्धका विषयमा पनि उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । ( रास-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार