श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नेपालमा थप ६ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टीः ६ सय २२ सङ्क्रमण मुक्त, ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बितेका २४ घण्टामा देशभर ६६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६२२ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा १२ हजार २० जनाको परीक्षण गर्दा ६६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

९ हजार ७७१ जनाको ‘पिसिआर’ परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको ‘एन्टीजेन’ विधिबाट परीक्षण गर्दा ९७ जना सङ्क्रमित भेटिएका हुन् ।

देशभर १० हजार २९६ जना सक्रिय सङ्क्रमित रहेका, २१७ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३७२ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया