असार २४, २०८२ मंगलबार July 8, 2025

‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’: गजुरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आइतबार सिंहदरबार अगाडिबाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता-कार्यकर्ता रिहा भएका छन् ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका केही सोही दिन छुटे । तर, गजुरेल भने सोमबार बिहानमात्र रिहा भएका छन् ।

‘सरकार फासिवादतर्फ उन्मुख’

रिहा भएपछि केही नेता-कार्यकर्ताहरुसहित पैदल निवासतर्फ फर्किँदै गरेका उनी न्यूप्लाजा-अनामनगर सडकखण्डमा भेटिए । आफू छुटेको १० मिनेटमात्र भएको बताउँदै उनले भने, ‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदासमेत यो सरकारले नियन्त्रणमा लिएको छ । यो सरकार फासीवादतर्फ उन्मुख भएको संकेत हो ।’
सीमा मिचिएको नितान्त जायज विषय लिएर जाँदा गरिएको अवरोधले त्यसको छनक दिएको उनको दाबी छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई जानकारी गराएर सिंहदरबारभित्र जान खोज्दा पनि नियन्त्रणमा लिइनु सुनियोजित भएको गजुरेलले आरोप लगाएका छन ।  ‘हामी ज्ञापनपत्र बुझाउन जाँदै छौं भन्ने उपप्रधान तथा रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो । उपप्रधानमन्त्रीले त समय नै दिनुभएको थियो’, गजुरेलले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार