काठमाडौँ । नेपाली कांग्रेसले जनताले दिएको बहुमतको कदर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएको छ ।
नागरिकले देशलाई उत्तर कोरिया बनाउनका लागि सत्तारुढ नेकपालाई बहुमत नदिएको प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन ।
कैद पाँच वर्ष, जरिवाना १५ लाख, के यो सही छ छैन भने खुलेर बोलौँ, जमेर बोलौँ, प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, ‘नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया