असार २४, २०८२ मंगलबार July 8, 2025

एमसीसी सम्झौता संसदबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् ।

एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियो । तर त्यही बेला काठमाडौंस्थित अमेरिकी दूताबासका अधिकारीले एमसीसी, इण्डो प्यासिफिककै अंग भएको अभिव्यक्ति दिएका छन ।
अब नेकपाले के गर्छ भन्ने प्रश्न उठिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने सम्झौता पास हुने बताएका छन । ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उनले भने, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ ।’

तर अमेरिकी अधिकारीले त एमसीसी, इण्डो प्यासिफिककै अंग भएको बताएका छन् नि भन्ने प्रश्नमा उनले नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्ने बताएका छन ।

उनले अघि भने, ‘पछि ककसले केके जोडे, मतलब हुँदैन । सही गर्दा के छ भन्ने हेर्नुपर्छ ।’ उनले एमसीसीबारे सकारात्मक बहस गर्न र कार्यक्रमले कस्तो प्रभाव पर्छ भनेर हेरिदिन आग्रह गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार