असार २४, २०८२ मंगलबार July 8, 2025

पनामाको नाइट क्लबमा गोली चल्दा ५ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पनामा सिटीको एक नाइट क्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए ।

जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ। प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया