काठमाण्डौंः लेबनानका सूचनामन्त्री जर्ज कोर्दाहीको विवादास्पद भिडियो सार्वजनिक भएपछि साउदी अरेबियाले शुक्रबार बेरुतबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ र लेबनानी राजदूतलाई ४८ घण्टाभित्र साउदी अरब छोड्न भनेको छ । यससँगै साउदी अरेबियाले लेबनानसँगको आयातमा प्रतिबन्ध लगाएको छ ।
समाचार एजेन्सी एपीका अनुसार साउदी अरेबिया सरकारको निर्णयको केही घण्टापछि बहराइनले पनि लेबनानी राजदूतलाई दुई दिनभित्र आफ्नो देश फर्किन आदेश दिएको छ। बहराइनको विदेश मन्त्रालयले यसबारे जानकारी दिएको छ ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले साउदी सरकारको कदमप्रति खेद प्रकट गर्दै साउदी अरेबियालाई आफ्नो निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
उनले आफ्नो सरकारले साउदी अरेबियासँगको गहिरो सम्बन्धलाई हानि पु¥याउने कुनै पनि कुरालाई अस्वीकार गरेको बताए । विवादको केन्द्रमा हालै लेबनानका सूचना मन्त्री बनेका पूर्व टिभी कार्यक्रम होस्ट जर्ज कोर्दहीको पुरानो भिडियो छ।
केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा कोर्दाहीले यमनको युद्धलाई मुर्खतापूर्ण र साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको ‘आक्रमण’ भनेर व्याख्या गरेका थिए।
उनले यो युद्ध बन्द हुनुपर्ने बताएका छन् किनभने उनी अरबबीचको युद्धको विरुद्धमा छन् । यो भिडियोको विवादपछि लेबनान सरकारले कोर्दहीलाई राजीनामा दिन दबाब दिन थालेको छ । एजेन्सी ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया