असार २४, २०८२ मंगलबार July 8, 2025

कोप सम्मेलनमा चीन र रुसका राष्ट्रपति अनुपस्थित भएकोमा बाइडनको आलोचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्कटल्याण्डको ग्लास्गोमा जारी कोप-२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चीनिया राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गर्नुभएको छ ।

जलवायु परिवर्तनका मुद्दामा भएको विशाल छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडनको भनाई छ ।

अनुपस्थित दुबै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन् । चीन विश्वकै सबैभन्दा ठूलो कार्बन डाइअक्साइडको उत्सर्जक हो । चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेरिका रहेको छ ।

यसैगरी रुस कार्वन उत्सर्जनमा विश्वमा पाँचौ स्थानमा रहेको छ । भारत र युरोपेली संघमा आवद्ध मुलुक कार्वन उत्सर्जनमा तेस्रो र चौथो स्थानमा रहेका छन् ।

जलवायु परिवर्तनमा मुख्य कारक रहेका विश्वका ठूला कार्वन उत्सर्जकले प्रतिवद्धता सहित काम नगरेसम्म जलवायु परिवर्तनको असर रोक्न असम्भव जस्तै छ । कोप-२६ मा विश्वका १२० भन्दा बढी मुलुकका नेताहरु सहभागी रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार