मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अमेरिकामा निजी क्षेत्रले बढाए रोजगारी गतिविधिका अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अमेरिकामा गत अक्टुबर महीनामा रोजगारी गतिविधि अघिल्ला महीनाहरु भन्दा वृद्धि भएको छ ।

नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको हो ।कोरोना महामारी नियन्त्रणका लागि सुधारका योजनाहरु सार्वजनिक भएसँगै रोजगारदाता कम्पनीहरुले कर्मचारी भर्ना दर पनि बढाएका छन् ।

ती कम्पनीहरुले विभिन्न सेवा क्षेत्रमा उक्त महीनामा ५ लाख ३१ हजार कर्मचारी नियुक्त गरेका छन्, जुन जुलाई महीनापछि कै सवैभन्दा बढी हो । निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ ।

अमेरिकी श्रम विभागले गत शुक्रवार जारी गरेको विवरणमा गत महीनाको बेरोजगारी दर सेप्टेम्बरमा ४ दशमलव ८ प्रतिशतबाट घटेर ४ दशमलव ६ प्रतिशत  पुगेको छ ।यसले बेरोजगारी दर बढेको संकेत गरेता पनि कोरोना महामारीभन्दा पहिलाको ३ दशमलव ५ प्रतिशत बेरोजगारी दरभन्दा राम्रो रहेको देखाउँछ ।

कोरोना महामारी विस्तारै नियन्त्रणमा आउन थालेपछि अर्थव्यवस्थामा सुधार आएको छ भने खुद्रा, बैंक तथा सञ्चिती जस्ता क्षेत्रका सेवा कम्पनीको विक्रीवितरणमा तिव्र रुपमा सुधार भइरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार