काठमाण्डौः चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार पनि केही उत्तरी क्षेत्रमा हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ। आइतबार बिहानदेखि सोमबार बिहानसम्म हिउँ र आँधीले भित्री मङ्गोलिया, हेबेई, तियानजिन, शानडोङ, लिओनिङ, जिलिन र हेइलोङजियाङका केही भागहरूमा असर गर्ने सम्भावना रहेको उक्त केन्द्रले जनाएको छ।
यी मध्ये केही क्षेत्रहरूमा हिमपातले ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ । केन्द्रले स्थानीयहरूलाई घर भित्रै बस्न सल्लाह दिदै सरकारी अधिकारीहरूलाई सडक, रेलवे, बिजुली र दूरसञ्चारमा सावधानी अपनाउन आग्रह गरेको छ ।
चीनमा चार किसिमको रंग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ सञ्चालनमा छ जसमा रातोले सबैभन्दा गम्भीर, त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः कम खतराको मौसमी सङ्केत गर्दछ । रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया