काठमाण्डौंः लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ ।
उहाँको भूमिकाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिले उहाँलाई निलम्बन गर्नु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । अनिश्चितकालका लागि सरकारले उहाँलाई विदेश भ्रमणमा पनि प्रतिबन्ध लगाएको छ । सरकारको निर्णयप्रति भने उहाँले असहमति जनाउनु भएको छ ।
“विदेश मन्त्री नाज्ला माङगौशलाई अस्थायी रूपमा निलम्बन गरिएको छ, उहाँमाथि अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख छ । सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्रका प्रतिवेदन बुझाउन आदेश दिइएको छ ।
उहाँले विदेश मन्त्रीको रूपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ । उहाँलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रूपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया