काठमाण्डौः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा बुधबार राति १२ बजेदेखि लागु हुनेगरी नयाँ मूल्य सूची कायम गरेको छ ।
निगमले जारी गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बृद्धी गरेको हो ।
ईन्धनको नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १०० रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) ले बुधबार पठाएको मूल्य सूचीमा हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया