काठमाण्डौंः चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ ।
चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ । सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो ।
सो समयदेखि हालसम्म विश्वभरी २५ करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको सङ्क्रमणको कारण मृत्यु भएको छ । यद्यपी २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् । रासस-सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया