मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टीः ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ।

बिहिबार २७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ५३५ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार ६०९ पीसीआर तथा ३ हजार ४४ एन्टिजेन परीक्षण भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया