मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपु¥याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हालको घटनाक्रमले रोहिंग्या शरणार्थीहरूको स्वैच्छिक, सुरक्षित, सम्मानजनक र दिगो फिर्ताको लागि विशेष गम्भीर चुनौतीहरू खडा गरेको परिषद्ले चेतावनी दिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । विद्रोही समूहका प्रवक्ताले यस झडपको जानकारी दिएका थिए । यस झडपको कारण युद्धविरामको तोडिएको छ । फेबु्रअरीमा सैन्य ‘कू’ पछि पनि म्यानमारको पश्चिम क्षेत्रमा शान्ति कायम राखेको थियो । दक्षिणपूर्वी एसियाली देश गत फेबु्रअरी भएको सैन्य कूपछि उच्च रुपमा अराजकत फैलिएको छ ।

सुरक्षा परिषदका सदस्यहरु ‘कोभिड–१९’ खोप न्यायसंगत, सुरक्षित वितरणको साथै आवश्यकता परेका सबै मानिसहरूलाई सुरक्षित र निर्वाध मानवीय पहुँचको लागी पनि आह्वान गरेका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप सबैका लागि पहुँच हुन पर्नेमा जोड दिएका छन् । सुनिश्चिताको लागि थप अन्तर्राष्ट्रिय समर्थनका लागि आह्वान पनि गरिएको छ । (रासस-एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार