असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उहाँका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उहाँलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् ।

सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैैन्य कूविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ । स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सय भन्दा बढी व्यक्तिहरू मारिएका थिए भने, हजारौ पक्राउ परेका थिए ।

करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहनु भएका ड्यानी फेन्स्टर आफ्नो परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महिनामा पक्राउ पर्नु भएको थियो । उहाँलाई अन्य नागारिकलाई उक्साउने, गैरकानूनी रुपमा भिसा नियम उल्लङ्घन गरेकोलागयतका आरोपमा एघार वर्षको जेल सजाय सुनाइएको उहाँका वकिल थान जाव आङले एएफपीलाई जानकारी दिनुभयो ।

उहाँको मुद्धा पुनरावेदन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय भइनसकेको ती वकिलले बताउनुभयो । पक्राउ पर्नु भएका पत्रकार फेन्स्टरलाई याङ्गुनको इन्सेन जेलमा राखिएको छ । उहाँलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ । उहाँलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ । फ्रन्टियर म्यानमारले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरु सबैजना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया