काठमाण्डौः डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ । दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । (रासस-सिन्ह्वा)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया