असार २३, २०८२ सोमबार July 7, 2025

विश्व इतिहासमा आजः लन्डनको ब्लडी सन्डेदेखि कोलम्बियामा २५ हजारको ज्यान जाने गरी भएको ज्वालामुखी बिस्फोट 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज १३ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । स्वीडेन युरोपेली युनियनको सदस्य हुने वा नहुने भन्ने विषयमा भएको जनमतसंग्रहदेखि फ्रान्सको राजधानी पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको अतिवादी हमला आज भएको थियो । त्यस्तै २० शताब्दीकै भयानक प्राकृतिक विपद् मानिएको कोलम्बियाको ज्वालामुखी बिस्फोट पनि आज नै भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

पेरिसमा अतिवादी हमला

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा अतिवादी हमला भएको थियो । एउटा कन्सर्टमा भएको हमलामा १३० जनाको मृत्यु  भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस) ले लिएको थियो ।

स्वीडेन युरोपेली युनियनमा आबद्ध हुने पक्षमा मतदान

सन् १९९४ मा स्वीडेनले युरोपेली युनियनमा आबद्ध हुने निस्कर्ष निकालेको थियो । इयुको सदस्य हुने वा नहुने भन्ने विषयमा १३ नोभेम्बरमा भएको जनमत संग्रहमा ५० प्रतिशले पक्षमा मतदान गरेका थिए । स्वीडेन औपचारिक रुपमा सन् १९९५ को १ जनवरीमा ईयुमा आबद्ध भएको थियो ।

२५ हजारको मृत्यु भएको ज्वालामुखी बिस्फोट

सन् १९८५ मा कोलम्बियामा भीषण ज्वालामुखी बिस्फोट भएको थियो । ज्वालाखी बिस्फोटपछि आर्मेरो सहर नै बगाएको थियो । ज्वालामुखी बिस्फोटमा कम्तिमा २५ हजारको मृत्यु भएको थियो । आर्मेरोमा भएको सो ज्वालामुखी बिस्फोट २० औं शताब्दीकै भयानक विपद् मानिएको छ ।

भेनेजुएलाका राष्ट्रपतिको हत्या 

सन् १९५० मा भेनेजुएलाका तत्कालिन राष्ट्रपति तथा सेना प्रमुखको अपहरणपछि हत्या भएको थियो । राफेन सिमन उरबिनाले नेतृत्व गरेको विद्रोहीहरुले  सेना प्रमुख कार्लोस डेलगाडोको अपहरणपछि हत्या गरेका थिए ।

लन्डनमा ब्लडी सन्डे

सन् १८८७ मा बेलायतमा गरीब तथा बेरोजागरले गरेको एउटा प्रदर्शनले उग्र रुप लिएको थियो । ट्राफलागर स्क्वायरमा भएको सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा हिंसा मच्चिएको थियो । सन् १८८७ को १३ नोभेम्बरको आइतबार भएको सो प्रदर्शनमा ३ जना मजदुरको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए । -न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया