असार २३, २०८२ सोमबार July 7, 2025

बेरुजु फछर्यौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट बनेको छ ।

नेपाल प्रहरीले ८८.५ र सशस्त्र प्रहरीले ८६.९६ प्रतिशत बेरुजु फछर्योट गरेको हो । गृह मन्त्रालय पनि ७४.४१ र अध्यागमन विभाग ८४.६२ प्रतिशत बेरुजु फछर्यौट गरेर उत्कृष्ट बनेको छ ।

उत्कृष्ट र सर्वोत्कृष्ट इकाइलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पुरस्कृत गरेका छन् । गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल १०/१० हजार रुपैयाँसहित पुरस्कृत भएका हुन् ।

त्यस्तै, तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख उप–सचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र लेखापाल नरबहादुर कुँवर ८/८ हजार रुपैयाँसहित पुरस्कृत भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया