काठमाण्डाैंः भारतको मणिपुर राज्यमा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित सात जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी, अरु चार जना सैनिक र त्रिपाठीका श्रीमती र एक छोरासहित सात जना रहेका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । घटना चराचनपुर जिल्लामा भएको हो ।
आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । केही सञ्चार माध्यमहरूले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन् । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले आक्रमणकारीलाई खाेज्ने काम भइरहेकाे बताउनुभएकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया