असार २३, २०८२ सोमबार July 7, 2025

अस्ट्रियामा देशव्यापी लकडाउनको घोषणाः खोप नलगाएका व्यक्तिहरूलाई घर बाहिर निस्कन प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रिया सरकारले देशमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि हिजो मध्यरातिदेखि लागू हुने गरी देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

सरकारी अधिकारीहरूले कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गरेका छन् । साथै अवस्था बिग्रिँदै गए अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न समेत कठिन हुने बताएका छन् ।

कोभिडबाट सुरक्षाका लागि नागरिकहरुलाई खोप लगाउन बारम्बार आग्रह गर्दा पनि खोप लगाउन आनाकानी गरेकाले उनीहरुका लागि लकडाउन गर्न आवश्यक भएको बताइएको छ ।

करिब ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा लकडाउनका कारण झण्डै बीस लाख मानिसहरू प्रभावित हुनेछन् । लकडाउन सुरुमा १० दिनसम्म रहने छ ।

यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् । खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो सम्म जरिवाना गर्न सकिने बताइएको छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया