बैसाख २२, २०८३ मंगलबार May 5, 2026

नेपाली काँग्रेस पार्टी मुल्यवृद्धिको समर्थन गर्न सक्दैन । – गोपालमान श्रेष्ठ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेसको महाधिवेशन भव्य रुपमा गर्नको लागि तयारी थाल्नुभएको छ, अब नेपाली काँग्रेसमा नयाँ नेतृत्व आउँछ ?

हो, हुनलागेको महाधिवेशन नेतृत्व चयन गर्नको लागि नै हो ।

तपाईंहरुले किन विचार र नीतिको महाधिवेशन गर्न सक्नुभएन ?

समयले नभ्याएको हुनाले हो । नीतिको अधिवेशन आउने कार्यसमितिले तुरुन्त गर्नेछ ।

उसोभए अहिलेको महाधिवेशन नेतृत्वको लागि मात्र हो ?

हो, केन्द्रमा नेतृत्वको महाधिवेशन गर्ने हो । अन्यत्र चाहीँ प्रदेश/प्रदेशमा र जिल्ला÷जिल्लामा गर्ने हो ।

नेतृत्वमा तपाईंले पनि दाबी गर्नुहुन्छ ?

हो, मैले पनि दाबी गर्छु ।

ब्याक हुनु भएको छैन् ?

किन ब्याक हुने ? हाम्रो सल्लाह हुन बाँकी नै छ । मेरो चाहना पूरा हुन्छ भन्ने मलाई लागेको छ ।

शेरबहादुर देउवा र तपाईंको बीचमा कुरा मिल्छ ?

हामीहरुको बीचमा पनि कुरा हुन्छ । सबै साथीहरुको बीचमा कुरा हुन्छ । सकेसम्म सहमति नै गर्न कोशिस गर्ने हो ।

तर, तपाईंलाई शेरबहादुर देउवाले विश्वास गर्नुहोला ?

गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । शेरबहादुरजीले मलाई अगाडि सार्नुभयो भयो बिमलेन्द्रजीले पनि मलाई साथ दिन्छु भनेर भन्नुभएको छ ।

उसोभए, शेरबहादुर देउवालाई सभापति नबनाउने तपाईंहरु दुबैको रणनीति हो ?

शेरबहादुरजी एउटा सफल नेतृत्व भएर सरकारको नेतृत्व लिइरहनुहोस भन्ने मेरो भावना रहेको छ । छिमेकीको पनि कहिलेकाहीँ अनुकरण गर्नुपर्छ मोदी टाइपबाट अगाडी बढ्नुहोस भन्ने मेरो अग्रह छ । उहाँले आफ्नो विश्वासपात्रलाई अगाडि सार्न पर्यो । त्यो म हो अथवा को हो भन्ने उहाँले नै भन्नुपर्यो । विगतमा उहाँलाई अप्ठ्यारो पर्दा काँधमा काँध थाप्ने मान्छे चाहीँ म हो ।

तपाईंले शेरबहादुर देउवालाई ठुलो गुण लगाउनुभएको छ, अब उहाँले तपाईंमाथि गुण लगाउनु होला त ?

मैले उहाँलाई मात्र होइन् पार्टीलाई पनि गुण लगाएको छु । गुण लगाउने अथवा नलगाउने भन्ने कुरा उहाँको कुरा हो । तर, लगाउनुहुन्छ भन्ने मलाई विश्वास छ । गोपालमानजी मैले छोड्दा तपाईंलाई नै जिम्मा दिने हो भनेर उहाँले वान टुु वान भेटमा भन्नुभएको छ । मैले पनि उहाँलाई हामी तीन जना बसेर सहमति गरौं त्यसपछि अन्य साथीहरुसँग पनि सहमति गरेर सकेसम्म सर्वसम्मत रुपमै नेतृत्व चयन गरौं भनेर भनेको छु ।

तपाईंले कुरा राख्नुभयो तर, उहाँहरुले सुन्नुभएको छैन् नि होइन् ? बिमलेन्द्र निधिले म उठ्छु भन्नुभएको छ ?

अब म चाहीँ समझदारीमा कुरा गर्नेमा छु । मेरो गोरुको बाह्रै टक्का भनेको छैन् । बिमलेन्द्रजीसँग कुरा गर्नुपर्यो । बसेर शान्त तरिकासँग कुरा गरेर निश्कर्ष निकाल्नुपर्यो । अहिलेसम्म त्यो काम भएको छैन् । बसेर छलफल गरौं भन्ने मेरो भनाई हो । बिमलेन्द्रजीले गोपालमानजी शेरबहादुर दाईले तपाईलाई अगाडि सार्नुभयो भने म पनि साथ दिन्छु भन्नेर सबै साथीहरुको अगाडी भन्नुभएको छ ।

सातवटै प्रदेशको अधिवेशनको लागी तपाईंहरुलाई जिम्मेवारी दिइएको हो ?

एकदम हामीले सात वटा प्रदेशमा अधिवेशन गर्न लागेका छौं । यसको लागि केन्द्रीय नेताहरुलाई जिम्मवारी दिईएको छ । सात वटै प्रदेशमा प्रदेश अधिवेशको उद्घाटन गरेर हामीले यसको सुरुवात गर्दैछौं ।

न्यायालयभित्रको विवादमा तपाईंहरु किन मौन बस्नुभएको छ ?

होइन्, न्यायालयभित्रको कुरा हाम्रो बिचमा नचलेको होइन् । त्यसलाई सहजीकरण कसरी गर्न सकिन्छ ? न्यायालय धेरै अप्ठ्यारो अवस्थामा गएको छ । यस विषयमा पार्टीले के गर्ने भन्ने कुरा हो । संसदीय दलमा पनि यो कुरा उठ्नुपर्यो । तर, सकेसम्म यसको समाधान न्यायालयबाटै गर्नुपर्छ । यो विचलनले डेमोक्रेसीलाई कहाँ पुर्याउने हो भन्ने कुरा पनि भएको छ । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर हुनुहुन्छ यसको निकास छिटै निस्किन्छ भनेर उहाँले आश्वस्त पार्नुभएको छ ।

रामचन्द्र पौडेलले नेपाली काँग्रेसले तुरुन्त प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याउनुपर्छ भन्नुभएको छ, यस विषयमा तपाईं के भन्नुहुन्छ ?

रामचन्द्रजी अहिले जिम्मवार ठाउँमा हुनुहुन्छ । उहाँलाई पनि हामीले भनेका छौं । गठबन्धनमा पनि यस विषयमा कसरी अगाडी बढ्न सकिन्छ त्यो गर्नुपर्यो भनेर हामीले उहाँलाई भनेका छौं ।

उच्चस्तरीय राजनीति समन्नय समितिमा रामचन्द्र पौडेल हुनुहुन्छ, त्यसको बैठक आज बस्दैछ, उहाँले यस विषयमा कुरा गर्छु भन्नुभएको छ । प्रधानन्यायाधीशलाई हटाउने कुरामा नेपाली काँग्रेसको सहमति छ ?

होइन्, हटाउने अथवा नहटाउने भन्ने कुरा त छलफलपछि थाहा होला । हटाएर समस्या समाधान हुने हो कि नहटाएर समाधान हुने हो जसरी हुन्छ समस्याको समाधान हुनपर्याे । यस्तो अवसथामा न्यायापालिकालाई राख्न भएन ।

प्रधानन्यायाधीशले म राजीनामा दिन्नँ, मलाई संवैधानिक रुपमा हटाओ भनेर भन्नुभएको छ ?

उहाँले भन्ने कुरा स्वभाविक हो । यही कारण त समस्या आएको छ । उहाँले राजीनामा दिएको भए यो समस्या आउने नै थिएन् नि ।

महाभियोगको प्रस्ताव ल्याउन गठबन्धनले मात्र पुग्दैन् ? होइन् र ?

यो त अन्तिम अस्त्र हो । यसलाई जथानाम प्रयोग गर्नुहुँदैन् । यसको प्रयोग नगरेरै समस्याको समाधान निस्किन्छ भने त्यसको खोजी गर्नुपर्छ ।

उसोभए नेपाली काँग्रेसले प्रधानन्यायाधीशविरुद्ध तत्काल महाभियोगको प्रस्ताव ल्याउँदैन ?

यो कुरा नेपाली काँग्रेसले मात्र चाहेर हुँदैन । गठबन्धनले चाहेर पनि हुदैन् । एमाले पनि तयार हुनपर्यो । उसले पनि सोच्नुपर्यो ।

केपी शर्मा ओलीले त पाँचै जनालाई हटाउनुपर्छ भनेर भनिसक्नुभयो नि ?

उहाँले हचुवा किसिमले त्यसरी पाचैँ जना भन्न मिल्दैन् नि । अहिले प्रश्न पाँचै जनाको उठेको छ र ? त्यसरी भन्न मिल्दैन् ।

शेरबहादुर देउवाले यस विषयमा तपाईंहरुलाई नबोल्न भन्नुभएको हो ?

होइन्, जथाभाबी त किन बोल्नुपर्यो त । बोल्ने कुराहरु बोल्ने हो नबोल्ने कुराहर बोल्नपनि हुँदैन् ।

तपाईहरु प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएर प्रधानन्यायाधीशलाई हटाउने प्रक्रियामा जानुहुन्छ ?

अहिले तत्काल त्यसो होला भन्ने मलाई लाग्दैन् । यस विषयमा छलफल भएको छैन् ।

मूल्यवृद्धि आकाशिएको छ, जनता पीडामा छन् । तपाईहरुले जनतालाई हेर्नुपर्दैन् ?

हजुर यो मूल्यवृद्धि असाध्य अस्वभाविक भएको छ । यसरी बढ्न हुने थिएन् । नेपाल सरकारले धरै कर थुपारेको छ । मूल्यवृद्धि फिर्ता लिनुपर्छ भन्ने नेपाल सरकारसँग मेरो आग्रह छ । नेपाली जनताको ढाड सेक्ने काम भएको छ । यसो गर्नुहुँदैन् । नेपाली काँग्रेस पार्टी मुल्यवृद्धिको समर्थन गर्न सक्दैन् । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार