जेठ ५, २०८१ शनिबार May 18, 2024

शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालको प्रगतिः शिक्षामन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ ।

फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउनुभएको हो । “शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ”, मन्त्री पौंडेलले भन्नुभयो, “क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।” युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ जानुभएका उहाँ यही साता स्वदेश फर्कँदै हुनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया