काठमाण्डौंः गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यस अवधिमा २७ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।
थपिनेमा कास्कीका १३, नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ६, बागलुङका चार, म्याग्दीका दुई तथा लमजुङ र तनहुँका एक-एक जना छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३१ रहेको छ ।
हाल होम आइसोलेसनमा २९६ जना रहेका निर्देशनालयले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया