काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ८३१ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आरटी पिसीआरमा आठ र एन्टिजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो ।
पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई तथा कैलालीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् ।
उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा २३ सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया