असार २३, २०८२ सोमबार July 7, 2025

बाइडेनलाई चिनियाँ राष्ट्रपतिको चेतावनी: अमेरिकाले आगोसँग नखेलेकै राम्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भर्चुअल बैठक समाप्त भएको छ ।

राष्ट्रपति बाइडेनले शी जिनपिङसँग ताइवानको स्थितिमा कुनै प्रकारको एकतर्फी परिवर्तनको अमेरिकाले निकै कडा रुपमा विरोध गर्ने बताए । दुई नेताबीच शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भयो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शी जिनपिङले राष्ट्रपति बाइडेनलाई  ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको र जसले आगोसँग खेल्छ ऊ जल्ने भन्दै चेतावनी दिए ।

बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध भएको बतायो । एक चीन निति मान्ने देशले ताइवान चीनको हिस्सा भएको मान्यता राख्छ । अघिल्लो महिना बाइडेनले चीन यदि ताइवानमाथि हमला गर्छ भने अमेरिकाले ताइवानको बचाउ गर्ने बताएका थिए ।

दुई नेताबीचको यो बैठक ताइवान, व्यापार र मानवाधिकारको मुद्दामा जारी तनावबीच भएको हो । शी जिनपिङलाई राष्ट्रपति बाइडेनले भने, ‘आफ्नो प्रतिद्वन्द्तिालाई संघर्षतर्फ जान नदिन दुबै देशको जिम्मेवारी हो ।’

जनवरीमा अमेरिकाले सत्ता सम्हालेपछि बाइडेन र शी जिनपिङको यो वार्ता निकै ठोस् मानिएको छ ।

चिनियाँ विदेशमन्त्रीका प्रवक्ता हुआ चुनयिङले दुई नेताको वार्ता निकै रचनात्मक र लाभकारी रहेको बताए । यसले आपसी समझदारी बढाउन मद्दत गर्ने उनले बताए ।- बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया