बैसाख २२, २०८३ मंगलबार May 5, 2026

जबसम्म न्यायिक स्वच्छताको सुनिश्चितता हुन्न, बेन्च बसे पनि न्याय सम्पादनमाथि प्रश्न उठिरहन्छ । – गिरीशचन्द्र लाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुरुमा इजलासमा नबस्ने, अनि बन्दीका मुद्दा मात्र हेर्ने र अहिले फेरि बेन्चमा फर्किनेजस्ता न्यायाधीशहरूका निर्णयमा कानुन व्यवसायीले प्रश्न उठाएका छन् । न्यायाधीशहरू किन लचक भइरहनुभएको होला, के उहाँहरूको आन्दोलन गैरसंवैधानिक थियो ?  

अहिले भइरहेको आन्दोलनमा नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन सबैले शान्तिपूर्ण रूपमा भाग लिएका छन् । यसप्रकारको विरोध न्यायाधीशले वा बारले गर्नुपर्छ भनेर कतै संविधानमा वा कानुनका किताबमा लेखिएको हुँदैन । यो बाध्य भएर गर्नुपरेको हो । बेन्च सपिङ, अपारदर्शिता र निष्पक्षतामाथि प्रश्न गरेर आन्दोलन सुरु भएको थियो । न्यायाधीशहरूले बेन्च बहिष्कार गरेको भनेर भनेका थिएनन् । हामी प्रधानन्यायाधीशले तोकेको बेन्चमा बस्दैनौँ, उहाँसँग बेन्च सेयर गर्दैनौँ भन्नुभएको थियो । तर, जनतालाई मर्का नपरोस् भनेर राजीनामाको माग यथावत् राखी बेन्च फर्किनुभएको हो । उहाँहरूको मागमा केही अन्तर आएको देख्दिनँ ।

तर, पहिला एकैठाउँ हुने न्यायाधीशहरू अहिले बाँडिनुभएको छ नि ?

उहाँहरूबीच प्रधानन्यायाधीशको राजीनामाको कुरामा मतान्तर छैन । तर, बेन्च बस्न नसकेका कारण त्यसको समाधान निकाल्न इच्छुक हुनुभएको जस्तो देखिन्छ ।

न्यायालयमा मुद्दा नहेर्दा झन्डै तीन साता सर्वसाधारणले न्याय पाउनबाट वञ्चित भएको गुनासो रह्यो । यो आरोपबाट न्यायाधीशले कसरी सफाइ पाउलान् ? 

न्याय सम्पादनका लागि वातावरण हुनुपर्छ । निष्पक्षता र प्रधानन्यायाधीशमाथि नै प्रश्न उठिसकेपछि न्याय सम्पादन गर्ने वातावरण नै रहन्न । त्यसैले न्यायाधीशहरू असन्तुष्ट भएर बाध्यताका कारण उहाँले तोक्नुभएको इजलासमा नबस्ने भन्नुभयो । जबसम्म न्यायिक स्वच्छताको सुनिश्चितता हुन्न, बेन्च बसे पनि न्याय सम्पादनमाथि प्रश्न उठिरहन्छ । उहाँहरूले त्यसै कारण पनि मुद्दा हेर्न चाहनुभएन ।

दलहरू न्यायालयका संकट न्यायालयबाटै समाधान हुनुपर्ने भन्छन्, त्यो सम्भव छ ?

अहिलेको विवाद यसअघि न्यायालयमा आएजस्तो होइन, सम्पूर्ण देशको चासोको विषय हो । राजनीतिक दल हरेक घटनाको संवाहक हो । उनीहरूले ‘हामी गर्दैनौँ’ भन्न पनि भएन । तर, उहाँहरूलाई पनि गाह्रो छ । किनकि संविधानले न्यायपालिकालाई निकै बलियो कल्पना गरेको छ । प्रजातन्त्रमा न्यायालय निकै शक्तिशाली र महत्वपूर्ण हुन्छ । यसकारण केही भन्न पनि गाह्रो नै हुन्छ । स्वतन्त्र न्यायपालिकालाई कतैबाट प्रभावित पार्न नसकिने बनाइएको छ । उहाँहरूलाई वर्तमान अवस्थाको चिन्ता पक्कै होला । चिन्ता नभएको हो भने दुर्भाग्यपूर्ण हो । सामूहिक धारणा व्यक्त गर्न समय लिनुभएको पनि हुन सक्छ ।

यो विवाद समाधानका लागि दलहरूको कस्तो भूमिका हुनुपर्छ ?

समाधानकारी भूमिका संविधानअनुसार नै हुनुपर्छ । त्यो भनेको महाभियोग नै हो । तर, यसका लागि विपक्षीलाई सहमत गराउन सकिएलाजस्तो देखिँदैन । सक्रिय भूमिका नदेखिए पनि दलहरूले भित्रभित्रै छलफल गरेका हुन सक्छन् । महाभियोग बारको हातमा वा अन्य न्यायाधीशको हातमा हुँदैन । तर, उहाँहरूले राजीनामाका लागि यति हारगुहार गर्दा कुरा गम्भीर छ भनेर दलहरूले बुझ्नुपर्ने हो । बार र अन्य न्यायाधीशको सहयोगविना अदालत सञ्चालन हुँदैन । न्यायालयलाई सम्भाव्य दुर्घटनाबाट र यसको बाँकी इज्जत जोगाउन प्रधानन्यायाधीशले राजीनामा गर्नु नै उचित हुन्छ । तर, फेरि पनि यो उहाँको इच्छामा भर पर्छ ।

दलबाहेक नागरिक समाज र अन्य क्षेत्रको भूमिका यसको समाधानका लागि के हुन्छ ?

भूमिका त निर्वाह गरी नै रहेका छन् । राजीनामाको माग चौतर्फी आइरहेको छ । बारको कदम अभूतपूर्व छ, यो न्यायालयविरुद्ध होइन, न्यायालयको नेतृत्वविरुद्ध हो ।

यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको छ, यस्तोमा पुनः पछि फर्किंदा खराब सन्देश जाला कि ? 

अब कसैलाई पनि पछि हट्ने ठाउँ छैन । उपाय भनेको राजीनामा दिएर परिस्थिति सहज बनाउनुपर्छ । प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लागिरहेमा न्यायपालिकाले दिएका आदेशहरू सर्वसाधारणले कसरी मान्ने ? अहिलेसम्म ठीक नलागे पनि पालना त गरिरहेका छन् नि ! तर, अब अविश्वासको वातावरण बन्न सक्छ । न्यायालयमाथि विश्वसनीयता गुमे अन्तर्राष्ट्रिय सहयोग नपाउने स्थिति आउन सक्छ । यसले नराम्रो नतिजा आउँछ । नयाँपत्रिकाबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार