वैशाख २५, २०८१ मंगलबार May 7, 2024

सुदूरपश्चिममा थप ११ जनामा काेराेना सङ्क्रमण पुष्टीः एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ७४५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरडिटी पिसीआरमा तीन र एन्टिजेन विधिमार्फत आठ जनामा सङ्क्रमण देखिएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई, बैतडी जिल्ला अस्पतालमा एक र एन्टिजेन विधिमार्फत कञ्चनपुरका छ र कैलालीका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर ११ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा १३ सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया