असार २७, २०८२ शुक्रबार July 11, 2025

इसिडी कक्षा बन्द भएकामा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास (इसिडी)का सहजकर्ताले सेवा सुविधाको माग राखेर कक्षा सञ्चालन बन्द गराएकामा चासो व्यक्त गर्दै सहजीकरणका लागि आफ्ना सदस्य व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षकका तलब सुविधा अब स्थानीय सरकारले खुवाउने गरी मुलुकभर परिपत्र जारी गरेको हप्ता दिन नबित्दै इसिडी सहजकर्ता आन्दोलनमा उत्रेका छन् । शिक्षकहरु तलबभत्ता नपाएको भन्दै विद्यालयमा रहेका इसिडी कक्षा धमाधम बन्द गर्दै गइरहेका छन् ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको आदर्श गाउँपालिका र कर्णली प्रदेशको हुम्ला जिल्लाको सर्कैगार्ड गाउँपालिकाका इसिडी शिक्षकको आन्दोलनबाट इसिडी कक्षा बन्द भएकाले सम्बन्धित पालिकाको प्रतिनिधि र जिल्ला इसिडी शिक्षकको सङ्घर्ष समितिका संयोजकबीच छलफल गराई दुवै जिल्लाका इसिडी कक्षा पुनः सञ्चालन गराउन महासङ्घका सदस्य समितिलाई आग्रह गरिएको जनाउनुभयो । उहाँले कक्षा सञ्चालनको दायित्व आफूहरुको हुन आएकाले सम्बन्धित प्रदेश समितिको पहल सहजीकरणमा कक्षा नियमित सञ्चालन गराउन आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार