मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप २९९ जनामा कोरोना संक्रमण,२६० जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा २९९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

७ हजार ८६३ जनामा आर टी पीसीआर परीक्षण गरिएकोमा २७२ जनामा र ३ हजार २८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ६४२ सक्रिय संक्रमित रहेका छन्।

२४ घण्टा भित्र मृत्यु भएको संख्या थप ६ जना र हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया