असार २७, २०८२ शुक्रबार July 11, 2025

संवेदनशील बन्न राष्ट्रिय परीक्षा बोर्डलाई शिक्षा मन्त्री पौडेलको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन निर्देशन दिएका छन् । अनुगमनका गर्न बोर्डको सानोठिमीस्थित कार्यालयमा आज पुगेका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गरे ।

“परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ”, उनले भने, “यदी त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुस् ।” परीक्षा बोर्डमा भएका समस्याको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशन दिए । “जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आइटी पूर्वाधारलगायत समस्या छन्”, मन्त्री पौडेलले भने, “यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुृस्, छलफल गरेर समाधान गरौँ ।”

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिए । उनले कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गरे । किताब समयमै विद्यार्थीको हातमा पु¥याउन शिक्षामन्त्रीको निर्देशन यसैबीच मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पु¥याउन निर्देशन दिएका छन् । आज अनुगमनका लागि त्यहाँ पुगेका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पु¥याउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले पुराना मेसिनको तथ्याङ्क सङ्कलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिए । “कहिलेका मेसिन हुन्, त्यसको तथ्याङ्क ल्याउनुस्”, उनले भने, “तथ्याङ्कपछि नयाँ मेसिन खरिदका लागि अर्थ मन्त्रालयलाई भनौँला ।” मन्त्री पौडेलले एक कक्षादेखि १२ कक्षासम्मका पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै दिनुपर्ने बताए । जनक शिक्षाले गुणस्तर छपाई, सबै पुस्तक ढुवानीमा सहजता र विद्यार्थीको हातमा एकै पटक पुस्तक पु¥यानुपर्ने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार