मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

शुक्रबार थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टीः ३ सय ६९ सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः देशभर आज २ सय ९६ कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ९ सय ७२ नमुनाको परीक्षण गर्दा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ६९ जना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको हुनेको दर ९७ दशमलव ७ प्रतिशत छ ।

आज कोरोना संक्रमितमध्येबाट ५ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म ११ हजार ४ सय ९४ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल ७ हजार ५ सय ३९ जना सक्रिय सङ्क्रमितले होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया