मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इजिप्टका राष्ट्रपति र बेलायतका राजकुमार चाल्र्सबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि र बेलायतका राजकुमार चाल्र्सबीच भेटवार्ता भएको छ । आतङ्कवाद अन्त्य गर्ने विषयमा उहाँहरू बीचको भेटवार्ता केन्द्रित भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा पनि उहाँहरूले क्षेत्रीय विविध विषयमा छलफल गर्नुभएको उल्लेख गरिएको छ ।

राष्ट्रपति सिसिले राजकुमार दम्पत्तिलाई अल इत्तिहाडिया प्यालेसमा स्वागत गर्नुभएको पनि वक्तव्य मार्फत जानकारी दिइएको छ ।

“उहाँहरूका बीचमा आपसी चासो, साझा हित, दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको छ, विषेश गरेर आतङ्कवाद र अतिवादका विरुद्धमा संयुक्तरूपमा लड्ने बारेमा छलफल केन्द्रित रहेको थियो,” वक्तव्यमा लेखिएको छ ।

मध्यपूर्वको चारदिने भ्रमणका क्रममा बेलायती राजकुमारको टोली इजिप्ट आएको हो । इजिप्टमा उहाँहरूको दुईदिने भ्रमण रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार